नेपालगन्ज–१३ का काकार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ



बाँके ।

नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गंगाराम बृजवासीलाई ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २ गते शनिबार