दाङ ।
दाङमा यात्रुवाहक जीप दुर्घटना भएको छ।
शुक्रबार बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।
मल्लले जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
दुर्घटनामा दस जना घाइते भएका उनले बताए। तीमध्य ६ जनाको अवस्था गम्भीर रहेको पनि डिएसपी मल्लले जानकारी दिए।
घाइते सबैलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । डिएसपी मल्ल नेतृत्वको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ।
प्रहरीले तीव्र गतिका कारण जीप दुर्घटनामा परेको अनुमान गरेको छ। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।
केही दिन पहिले मात्रै यही ठाउँमा अर्कौ एउटा दुर्घटना भएको थियो ।
प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्