सीप सिकेर आत्मनिर्भर बनेकी विष्णु



नमस्कार मेरो नाम बिष्णु परियार हो । म एक गरीब घर परिवारको सदस्य हुँ । मेरो घर जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर २ सितापुरमा रहेको छ । यो बस्ती भारत र नेपालको सीमाना नजिक रहेको छ । मेरो घरमा ६ जनाको परिवार छ । जसमध्ये ४ पुरुष र २ महिला रहेका छाँै । मेरा श्रीमान भारतमा गई मजदुर गरी घर खर्च पठाउने गर्नुहुन्छ ।
उहाँले पठाएको पैसाले घर खर्च चलाउन धौ धौ नै छ । त्यसैले मैले पनि केही काम गरिरहेको छु । व्यवसायमा जोडिनुपर्छ भन्ने उद्देश्यले मैले सन्तोष काफ्ले घर आँगन अगाडि एउटा घुम्ती भाँडामा लिई सिलाई काटाई सुरु गरेको छु । सिलाई कटाई गर्दै जाने क्रममा एक दिनको कुरा हो ।


जन जागरण महिला सघंले पञ्चेश्वरी महिला सशक्तिकरण परियोजना कार्यक्रममा मलाई समावेश गराई आवश्यकमुलक तालिम लिनुभयो । एक वटा उन्नत जातको बोका र दुई वटा व्याउने माउ बाख्रा सहयोग गरेको थियो । बाख्राहरु पाल्दै गए र बाख्राहरुको संख्या बढ्दै गए ।

ती बाख्राहरुबाट जन्मिएका खसी बाख्राहरु बचेर घर खर्च चलाउदै बच्चा बच्चीहरु पढाउदै अलि अलि पैसा पनि जम्मा गर्दै गएर करिब दुईवर्ष भित्रमा एक कठ्ठा जमिन किन्न सफल भए ।

त्यस जमिनमा बस्नका लागि सानो झुपडि घर र आधुनिक किसिमको बाख्राको खोर पनि निमार्ण गर्नुको साथै जग्गा वरिपरि घाँसको बिरुवाहरु पनि लगाए र अहिले भारतको जँगलमा घाँस दाउरा गर्न जान परेको छैन र समयको पनि बचत भएको छ ।
बाख्रा पाठाको स्यारसुसारका साथै सिलाई काटाईलाई पनि निरन्तरता दिइरहेको छु । खसी बाख्राहरु पनि धेरै हुदै गए बाच्चाहरु सानो सानो भएको र घरको सम्पुर्ण कामहरु पनि गर्नु पर्ने भार भएकोले आफ्नै गाउँ ठाउँमा पनि प्रशस्त मात्रमा आम्दानी गर्न सकिने भएकोले भारतमा रहेका श्रीमानलाई घरमा नै आउनुहोस् भनी बोलाए ।

श्रीमान आएको केहीदिनपछि भैसींको पाडी किनेर घर ल्याइयो । यसरी परिवारहरुसँग मिलेर काम गर्दा आनन्द आउनुको साथै जीवनमा केही गर्ने ऊर्जा मिलेको छ । हामीले गरेको कामको मुल्यांकन र प्रशंसा गदै हेफर ईन्टरनेशनलको सहयोगमा सञ्चालित पञ्चेश्वरी महिला सशक्तिकरण परियोजना कार्यक्रम र जन जागरण महिला सघंले सन् २०१३ मा दोसल्ला ओढाई स्वर्णिम प्रतिभा पुरस्कार प्रदान गरेको थियो ।

मैले ७० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको थियो । उत्त सम्मानले गर्दा समूहका अरु दिदीबहिनीहरुलाई पनि हौसला र काम गर्ने पे्ररणा समेत मिलेको छ । साथै उनको व्यक्तिगत रुपमा पनि सफलता मिलेर सानो झुपडी घरबाट एउटा पक्की घर बनाउन सफल भएको छु ।

सबै घर खर्च छुट्टाएर हाल बार्षिक दुई लाख बचत गर्न सफल हुन पुगेको छु । मलाई यो स्थान सम्म ल्याउने जन जागरण महिला सघं र हेफर ईन्टरनेशनलको सहयोगमा सन्चालित पञ्चेश्वरी महिला सशक्तिकरण परियोजना कार्यक्रमलाई धन्यवाद दिन चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार