कोहलपुर : भारतमा अध्ययनरत नेपाली विद्यार्थीलाई भन्सार शुल्क नलाग्ने भएको छ । सरकारले सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भिœयाइने सामानमा कर लाग्ने निर्णय गरे पनि नेपाली विद्यार्थीलाई भने कर तिर्नुनपर्ने भएको हो ।

नेपालगन्ज भन्सार कार्यालय नेपालगन्ज बाँकेले एक सूचना जारी गर्दै भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले आफ्नो साथमा लगेको÷ल्याएको ट्यावलेट वा ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा महसुल नलाग्ने जनाएको छ । एक सय रुपैयाँभन्दा माथिको अन्य सामान ल्याएमा भने कर लाग्ने छ ।
नयाँ नीतिले भारतीय सेनामा काम गर्ने सैनिक अधिकारी, भारत र चीनमा पढ्न जाने विद्यार्थीलाई भने कम्प्युटर र ल्यापटप ल्याउन भने सुविधा दिइएको छ । कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार कार्यालय सूचना जारी गरेर यससम्बन्धी जानकारी गराइसकेको छ ।
प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्