किशोरकिशोरीमैत्री स्वास्थ्य सेवामा जोड



शिवानी विक
कोहलपुर (बाँके), २५ जेठ
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । किशोरावस्थामा हुने शारीरिक संवेगात्मक परिवर्तनलाई मध्यनजर गर्दै किशोरकिशोरीमैत्री स्वास्थ्य आवश्यक रहेकोमा उनीहरुले जोड दिएका हुन् ।
स्वास्थ्य सेवा प्रवाहमा नेपाल सरकार, विभिन्न निकाय तथा स्थानीय सरकारको महŒवपूर्ण भूमिका रहेको उनीहरुको भनाइ छ । कोहलपुरमा बिहीबार सम्पन्न मुमेन्ट्युम प्रभाइट हेल्थकेयर डेलिभरी नेपाल परियोजनाअन्तर्गत पालिकास्तरीय कार्यक्रमको अवसरमा उनीहरुले यस्तो बताएका हुन् । उक्त परियोजना कोहलपुरमा समेत सञ्चालनमा छ । युएसएआइडको आर्थिक सहयोग र अन्य तीन संस्था, एफएचआई, पिएसआई नेपाल र सिआरएस साझेदारका रुपमा छन् ।
बाँकेभरि सञ्चालन हुने उक्त परियोजनाअन्तर्गत स्वास्थ्यकर्मी, स्थानीय सरकारसँग परिचयात्मक कार्यक्रम गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । परियोजना लागु भएसँगै कोहलपुरमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहको सुरुवात भएको छ । परिवार नियोजनसँग सम्बन्धित गुणस्तरीय प्रभावकारी सेवाको पहुँचमा किशोरकिशोरी र युवाहरुलाई पु¥याउने परियोजनाको लक्ष्य ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले किशोरकिशोरी र युवायुवतीहरुले आफ्नो पारिवारीक, व्यवहारिक जीवनमा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने बताए । कोहलपुरमा अवस्थित निजी स्वास्थ्य संघ संस्थाहरुमा यस्ताखाले कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।
उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले किशोरकिशोरी (१५–१९) र युवायुवती (२०–२९) हरुलाई दिगो, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने बताए । उनका अनुसार व्यक्ति केन्द्रित परिवार योजनाको सेवा उपलब्धताका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु र फार्मेसीहरुको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धिसमेत गरिनेछ ।
यस्तै मुमेन्टट्युम प्राइभेट हेल्थ केयर डेलिभरी नेपालले किशोरकिशोरी तथा युवाहरुका विविध आवश्यकता बुझ्नका लागि केन्द्रित निर्माण र यात्रा मापन पद्दतिको प्रयोग गरिने बताएको छ । अहिलेको अवस्थामा पनि प्रजनन स्वास्थ्य सेवाअन्तर्गतका परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न हिचकिचाउने अवस्था भएको हुँदा जिल्लाका प्रत्येक स्थानीय तहमा समन्वय तथा सहकार्य गरी पालिकास्तरीय किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाका विभिन्न कार्यक्रम तथा तालिम आयोजना गरिने भएको हो ।
युवा प्रयोगकर्ताले निजी क्षेत्रको प्रयोग गर्ने उमेरका प्रयोगकर्ताको तुलनामा धेरै छ । जसमा निजी स्वास्थ्य संस्थाबाट १५–१९ वर्ष उमेर समूहका ६० प्रतिशत, सार्वजनिक स्वास्थ्य कार्यालयबाट सेवा लिने गरेका छन् । २०–२४ वर्ष उमेर समूहका ६१ प्रतिशत र अन्य स्वास्थ्य संस्थाबाट २५ वर्षभन्दा माथि उमेर समूहका ७१ प्रतिशत व्यक्तिहरुले प्रजनन स्वास्थ्य सेवा लिएको लुम्बिनी प्रदेश मुमेन्टट्युम प्राइभेट हेल्थ केयर डेलिभरी नेपालकी सिनियर ट्रेनिङ अफिसर शुष्मा घर्तीमगरले बताइन् । स्वास्थ्य संघ संस्थाहरुले प्रजनन स्वास्थय सेवालाई व्यावसायिकरुपमा नहेरी व्यवहारिकरुपमा काम गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार