नेपालगन्ज, अत्यधिक गर्मी भएपछि नेपालगन्जका विद्यालय आजदेखि बन्द हुने भएका छन् । आज आइतबारदेखि २३ गतेअर्थात मंगलबारसम्मका लागि यहाँका मदरसासहित सरकारी र संस्थागत विद्यालय बन्द हुने भएका हुन् ।

गर्मीले पठनपाठनमा कठिनाइ हुँदा तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतिकूल मौसमका कारण वर्षे बिदाबाट कट्टा हुने गरी नगरका विद्यालय बन्द गरिएको उक्त शाखाले जनाएको छ ।
पछिल्लो समय नेपालगन्जमा अत्यधिक गर्मी बढेको छ । यहाँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
दिउसो तातो हावा चल्न थालेपछि विद्यार्थीहरुको पठनपाठनमा समस्या हुँदै आएको छ ।
प्रकाशित मिति : २०८० जेठ २१ गते आइतबार









प्रतिक्रिया दिनुहोस्