कोहलपुरका सबै वडामा क्षयरोगी



कोहलपुर  :

कोहलपुर क्षयरोगको उच्च जोखिममा रहेको पाइएको छ । प्रायः यहाँका सबै वडामा क्षयरोगका बिरामी फेला परेका छन् । अझै पनि क्षयरोगी पत्ता लगाउने क्रम चलिरहेको बताए । कोहलपुरका १५ मध्ये १४ वटा वडामा क्षयरोगी फेला परेका छन् । अहिलेसम्म कोहलपुर नगरपालिका वडा नम्बर ९ मा क्षयरोगीको संख्या शून्य छ । सबैभन्दा धेरै वडा नम्बर ११ मा ३० जना क्षयरोगी फेला परेका क्षयरोग मुक्त अभियानका संयोजक राजु केसीले जनाए ।


वडा नम्बर १, ६, १४ र १५ मा समान तीन÷तीनजना संक्रमित फेला गरेका छन् । वडा नम्बर २ मा २२ जना, वडा नम्बर ३ मा ६ जना, वडा नम्बर ४ मा १३ जना र वडा नम्बर ५ मा पाँचजना क्षयरोगी पत्ता लागेका उनले जनाए । यस्तै वडा नम्बर ७ मा आठजना, वडा नम्बर १० मा सातजना वडा नम्बर १२ मा १४ जना र वडा नम्बर १३ मा चारजना क्षयरोगका बिरामी फेला परेको केसीको भनाइ छ ।

वैशाखमा पनि केही थप भएको उनले जानकारी दिए । यस्तै उमेरको अनुपातमा क्षयरोगीको पहिचान गरिएको छ । कार्यक्रमअन्तर्गत नियमित संक्रमितहरुको उपचार पनि भइरहेको केसीले बताउँछन् । कोहलपुरमा चारवटा डट्स ९संक्रमित उपचार गर्ने स्थान० छन् ।

नगरपालिकाको निर्माणाधीन नगर अस्पताल, वडा नम्बर ४ मा रको रझेना आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको छ भने वडा नम्बर १५ मा रहेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा निजी अस्पताल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा क्षयरोगीको उपचार हुने गरेको छ ।

स्वास्थ्यकर्मीहरुका फोक्सोसँग सम्बन्धित क्षयरोगी सबैभन्दा धेरै ८० प्रतिशत हुने गरेका छन् । बाँकी २० प्रतिशत मानव शरीरका अन्यसँग सम्बन्धित हुने गरेको छ । यस्तै क्षयरोगका मुख्य ६ वटा लक्षण देखा पर्दछन्

। लगातार खोकी लाग्ने, साँझपख ज्यरो र पसिना आउने, खाना खान मन नलाग्नु, तौल घट्दै जानु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण भएकाहरु सचेत हुनुपर्ने स्वास्थ्यकर्माीहरुले सुझाव दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २१ गते आइतबार