नेपालगन्ज, अत्यधिक गर्मी भएपछि नेपालगन्जका विद्यालयहरु बन्द हुने भएका छन् । गर्मीले पठनपाठनमा कठिनाइ हुँदा तीन दिनका लागि यहाँका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले एक विज्ञप्ति जारी गर्दै जेठ २१ गतेदेखि २३ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ । यो निर्णय नेपालगन्जका सबै मदरसासहित सामुदायिक तथा संस्थागत विद्यालयमा लागु हुनेछ ।
प्रतिकूल मौसमका कारण वर्षे बिदाबाट कट्टा हुने गरी नगरका विद्यालय बन्द गरिएको शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीले जनाए ।
यस्तै खजुरा गाउँपालिका क्षेत्रभित्रका विद्यालय पनि तीन दिनका लागि बन्द गरिएको छ ।
खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले एक सूचना जारी गर्दै तीन दिनसम्म सम्पूर्ण विद्यालय बन्द हुने बताए । जेठ १७ गतेदेखि १९ गतेसम्म गर्मी बिदा हुने उनले जनाए ।









प्रतिक्रिया दिनुहोस्