बाँकेको राप्ती सोनारीमा बस र कार ठोक्किदा दुईको मृत्यु



कोहलपुर : बाँकेका राप्ती सोनारी ८ मुगुवा खोला नजिक दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बाँ १३ च ८२५३ नम्बरको कार एक आसपमा ठक्कर खाई दुर्घटना हुँदा दुर्घटना भएको थियो ।


दुर्घटनामा परी कार चालक जिल्ला गोरखा अन्दाजी वर्ष ३७ को सुवास अधिकारी र कारमा सवारमा बुटवल ५ का ५४ वर्षीया सन्जु खाती खड्का निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रमुख तिलक सुनारले बताए । खाती प्रादेशिक अस्तपालमा कार्यरत रहेको प्रहरीले बताएको छ । उनी अस्पतालका प्रमुख डा.डम्बर खड्काकी पत्नी हुन् ।
उनका अनुसार बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार