क्षयरोग सम्बन्धी जनचेतना आवश्यक



कोहलपुर : क्षयरोग सम्बन्धी व्यापक जनचेतना आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । जनस्वास्थ्य समस्याको रुपमा रहेको क्षयरोग सम्बन्धी जनचेतना आवश्यक रहेकोमा जोड दिएका हुन् । कोहलपुरमा पनि समस्याको रुपमा रहेको क्षयरोग सम्बन्धी व्यापक जनचेतना आवश्यक रहेको उनीहरुको भनाइ छ । आइतबारबाट सुरु भएको तीनदिने क्षयरोग मोडुलर तालिमको समापनमा बोल्दै उनीहरुले यस्तो बताएका छन् ।


उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले स्वास्थ्यकर्मीहरुलाई क्षयरोग सम्बन्धी कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउन आवश्यक रहेको बताए । जिल्लालाई क्षयरोगी मुक्त जिल्ला बनाउने उद्देश्यले रहेकोले कोहलपुरमा पनि कार्यक्रम प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो ।

‘क्षयरोग कमी ल्याउन स्वास्थ्यकर्मीहरुको भूमिका अहम हुन्छ । तालिममा सिकेका कुरा व्यवहार लागू गर्न आवश्यक छ । सोही अनुसार काममा खटिनुहोला ।’ उनले भने ।
उक्त अवसरमा बोल्दै क्षयरोग मुक्त अभियानका संयोजक राजु केसीले राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्य विभाग कार्यक्रम अन्र्तगत एकीकृत स्वास्थ्य प्रणली मार्फत समुदाय स्तरसम्म प्रभावकारी रुपमा सञ्चालन भैरहेको बताए । यो रोग विश्वको प्रमुख समस्याका रुपमा रहेको कारण क्षयरोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउनका लागि सबैको सक्रिय सहभागिता रहेको बताए ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०१९ को प्रतिवेदन अनुसार नेपालमा क्षयरोगीको संख्या प्रतिवर्ष ६९ हजार रहेकोमा प्रति एकलाख जनसंख्यामा २४५ क्षयरोगका बिरामीहरु फेला पर्ने गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा २४५ जनाको क्षयरोगी पत्ता लगाउने लक्ष्य रहेको छ । चालू आवको श्रावणदेखि चैत महिनासम्म कोहलपुरमा १३२ जना क्षयरोगी संक्रमित फेला परेको उनले बताए । नियमित ६ महिना सम्म औषधि सेवन गरे सञ्चो हुने उनले बताएका छन् । नेपाल सरकारले क्षयरोग उपचार सेवा निःशुल्क रुपमा वितण गर्दै आएको कुरा समेत जानकारी दिए । तालिममा कोहलपुर क्षेत्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
,,,,,,,,,,,,,,,,,,,,,,,

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार