21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १५, २०८०  

दाङ,  नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेशसभाको बहुमत ५३ सांसदको समर्थन रहेको लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले जानकारी दिए । मुख्यमन्त्री लीला गिरीले गत सोमबार प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।


संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनका लागि आह्वान भएबमोजिम चौधरीले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । चौधरीलाई आठ राजनीतिक दलका ५२ र एक स्वतन्त्र सांसदसहित ५३ सांसदले मुख्यमन्त्रीमा समर्थन गरेका छन् । बिहीबार नियुक्त मुख्यमन्त्री चौधरीले शुक्रबार सपथ लिने भएका छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १५, २०८०     7:22:49 AM  |