बर्दिया : सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति संकटापन्न जनावरको सूचीमा राखेको छ । सालकको विगत दशक देखिरहने गरेको थियो,बर्दियामा । पहिले पहिले सालक देखिएपनि हाल बर्दियामा सालक देखिन छाडेको धेरै भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रवीण बिडारीले बताए । बर्दियामा सालक सम्बन्धि अध्ययन पनि नगरिएको र सात बर्ष पहिले सालक देखिएको तथ्यांक रहेको उनले बताए । तर त्यसपछि हाल सम्म सालक कहीपनि नदेखिएको समेत उनले बताए ।
सालक लजालु र कसैलाई नोक्सानी नपु¥याउने सोझो वन्यजन्तु मानिन्छ । चोरीसिकारी बासस्थान विनासका कारण लोपोन्मुख यो स्तनधारी जीवलाई जोगाउन नेपालसहित विश्वभरिका संरक्षणकर्मी चिन्तित रहेका छन् ।
एसिया र अफ्रिकामा सालका ८ प्रजाति अस्तित्वमा छन् । तर, प्रत्येक दिन संसारभर ३०० वटा सालक मारिने अनुमान छ । नेपालमा कालो खबटा भएको चाइनिज प्याङ्गोलिन र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन पाइन्छ । तीमध्ये चाइनिज प्याङ्गोलिन विश्वकै अति संकटापन्न सूचिमा पर्छ । नेपालमा पाइने स्तनधारीमध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो ।
फोटो– ७ बर्ष अघि डिभिजन वन कार्यालय बर्दियामा मधुवन ७ बाट उद्धार गरि ल्याइएको सालक (दीपकलाल श्रेष्ठ)
बर्दियामा ७ बर्ष अघि साबित मधुवन नगरपालिका ७ गंगाबस्तीमा डिभिजन वन कार्यालय बर्दियाले एक सालक उद्धार गरेको थियो तर सो उद्धार गरिएको सालक बर्दिया राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले बताए ।
वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा हाल ४३ जिल्लामा सालक पाइन्छ ।
सालक एकदमै कम देखिने स्तनधारी वन्यजन्तु रहेको र बर्दिया राष्ट्रिय निकुञ्जमा सालक एकदमै कम देखिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीले जानकारी दिए।
‘नेपालमा कालो सालक र तामे सालक मात्र पाइने गरेको छ, सालकलाई संकटापन्न सूचीमा राखेपनि जिल्ला मात्र होइन नेपालमै सालकको संख्याको बारेमा तथ्यांक नरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषबर्दियाका प्रमुख डा. रविन कनोडियाले बताए । सालक जमिन खनेर माटो भित्र बास बस्ने र बढि रातको समयमा आहारका लागि बाहिर आउने गरेको हुनाले स्थानीयले अलि कमै देखिने गरेको समेत डा. कनोडियाले जानकारी दिए । बर्दियामा सालक तथ्यांक र अध्ययन नगरिएकोले बर्दियामा सालक को अवस्था ठ्याक्कै यो रहेको भनेर भन्न नसकिने समेत डा. कनोडियाले भने ।
सालक विषेशगरी भारत, चीनलगायत एसियाली राष्ट्र र अफ्रिकाका उष्ण भूभागमा पाइन्छ। सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु समेत खाएर नियन्त्रण गर्दछ । सालकले एक बर्षमा करिब सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ । सालक विश्व मै बढी चोरी सिकार हुने प्रजातीमध्येको एक हो । सालकको अवैधरुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवानासहित दण्ड सजाय हुने पण्डितले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्