नवौँ स्थापना दिवस मनाउँदै कोहलपुर



कोहलपुर,
कोहलपुर नगरपालिकाले नवौँ स्थापना दिवस भव्यरुपमा मनाउने भएको छ । २०८० वैशाख २५ गते नगरपालिकाले आफ्नो स्थापना दिवस भव्यरुपमा मनाउने हो ।
स्थापना दिवस मनाउने सन्दर्भमा चैत १० गते बसेको कोहलपुर नगरपालिकाको नगर कार्यपालिका बैठकले विभिन्न समिति बनाएर क्रियाकलापसमेत गर्ने निर्णय गरेको छ । कार्यपालिकाको निर्णयअनुसार नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरिनेछ ।

 

समितिको उपाध्यक्ष उपप्रमुख र सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, सबै वडा सदस्य तथा कार्यपालिका सदस्य, खेलकुद समितिका अध्यक्षलगायतका हुनेछन् । यस्तै मूल समारोह समितिको बैठक बसेर चारवटा उपसमिति बनाउने निर्णय गरिएको छ ।

स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक फुटबल÷फुटसल, ब्याटमिन्टन, विद्यालयस्तरीय निबन्ध, कविता, वक्तृत्वकला÷रक्तदान तथा प्रभातफेरि कार्यक्रम आयोजना गरिने भएको छ ।

यस्तै रचनात्मक प्रतिस्पर्धा तथा पुरस्कार, उत्कृष्ट वडा÷कर्मचारी÷करदाता÷महिला स्वास्थ्य स्वयम् सेविका, टोल विकास संंस्था÷निर्माण व्यवसायी÷पत्रकारिता पुरस्कार÷टिकटक प्रतियोगितालगायतका क्रियाकलाप सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । दिवसको अवसरमा वैशाख १८ गतेदेखि २४ गतेसम्म सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार