19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

चौराहा क्षेत्रका सुकेका रुख काटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ७, २०७९  

कोहलपुर ।

कोहलपुर नगरपालिकास्थित चौराहा क्षेत्रमा रहेका वर्षौं पुराना सुकेका रुखमा काटिएको छ । सोमबार कोहलपुर नगरपालिकाले चौराहा क्षेत्रमा रहेका दर्जनौं रुख काटेको हो ।

नगरपालिकासँगको सहकार्यमा कोहलपुर क्षेत्रका जनप्रतिनिधि, डिभिजन वन कार्यालयलगायतका सरोकारवालाको सहभागितामा सुकेका रुख हटाइएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहका अनुसार वर्षौंदेखि पैदलयात्रीलाई परिरहेको समस्या र वर्षाको समयमा हुन सक्ने जोखिमलाई मध्यजर गरेर रुखहरु काटिएको हो ।

उनले उक्त क्षेत्रमा रहेका सिसम, साल र खयरका करिब २९ वटा रुख काटिएको बताए । उनले भने, ‘चौराहा क्षेत्रमा रहेका पुराना रुख व्यवस्थापन गरिएको छ । जुनसुकै बेला हुने सम्भावित जोखिमलाई मध्यनजर गरेर रुख व्यवस्थापन गरिएको हो ।’

सुकेका रुखका कारण दैनिक ठूलो संख्यामा हिँड्ने पैदलायात्रुलाई जोखिम थियो । हावाहुरी चल्ने मौसम भएकाले सुकेका रुखका हांगाहरु भाँचिने र रुखैसमेत ढल्ने जोखिम भएकाले नगरपालिकाले वन र सडक कार्यालयलाई ती रुख हटाइदिन आग्रह गरेको थियो ।

उक्त क्षेत्रमा रहेका पुराना रुख हटाएसँगै यहाँको जोखिम कम हुने नगरपालिकाले अपेक्षा रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ७, २०७९     9:09:03 AM  |