प्रथम कोहलपुर गोल्ड कपको तेस्रो दिन : व्वाइज युनियन र हिमालयन शेर्पा विजयी



कोहलपुर : कोहलपुरमा जारी प्रथम कोहलपुर गोल्ड कपको तेस्रो दिन हिमालय शेर्पा क्लब विजयी भएको छ । सोमबार दिउँसो भएको खेलमा नवलपरासी ११ लाई हराउँदै शेर्पा विजयी भएको हो ।

आयोजकका अनुसार शेर्पाले नवलपरासी ११ लाई ३-२ अन्तरले ले विजयी भएको हो । ९० मिनेटको समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट हिमालयन शेर्पाले विजयी भएको हो ।

कोहलपुर रेसिङ्ग साहारा क्लवका सचिव नवकिरण शाहले हिमालयन शेर्पाका गोलकिपर क्रिसल मोक्तान म्यान अफ द म्याच भएको बताए । उनले नगद ५ हजार प्राप्त गरेका छन् ।

कपको दोस्रो दिनको खेलमा व्वाइज युनियन र भारतको साहरा क्लबबीच खेल भएको थियो । आइतबार निर्धारित समयमा दुवै टोलीले १-१ को बराबरी खेलेका थिए । खेलको नतिजा सोमबार विहान पेलान्टी सुटआउटबाट गरिएको थियो । उक्त विधिबाट व्याइज युनियन विजयी भएको उनले बताए । प्रतियोगिता अन्तर्गत मंगलबार
क्यामरुन र संकटा क्लबबीच खेल हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार