20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँसगढी उ.वा. संघ चुनावः १ हजार ३७ मत खस्यो, आजै मतगणना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ४, २०७९  

मधुर पौडेल । बाँसगढी ।

बाँसगढी उद्योग बाणिज्य संघको शनिबार भएको निर्वाचनमा १ हजार ३७ जनाले मतदान गरेका छन् । कुल १ हजार २८४ जना मतदाता रहेकोमा निर्धारित समयभित्र १ हजार ३७ जना मतदाताले मतदान गरेका हुन् ।

शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म कुल मतदातामध्ये १ हजार ३७ मत खसेको निर्वाचन समितिले जनाएको छ । शान्तिपूर्ण रुपमा नै निर्वाचन सम्पन्न भएको छ । संघको नयाँ कार्यसमितिको लागि भएको चुनावमा व्यवसायीहरु दुई समूह बनाएर निर्वाचनमा होमिएका थिए ।

चुनावमा बद्रिनाथ बरालको नेतृत्वमा लोकतान्त्रिक समावेशी स्वतन्त्र व्यावसायिक प्यानल र नरबहादुर वलीको नेतृत्वमा लोकतान्त्रिक समावेशी प्यानलबीच प्रतिस्पर्धा हुनेछ । वली नेतृत्वको प्यानल ‘व्यावसायिक उन्नती, सबैको प्रगति, सम्मानित निजी क्षेत्र समृद्ध बाँसगढी’को नारासहित चुनावमा होमिएको थियो । वली नेतृत्वको प्यानललाई नेकपा एमाले र माओवादीले साथ दिएका थिए ।

बराल नेतृत्वको प्यानल भने ‘हाम्रो संकल्प, मर्यादित व्यवसाय, सम्मानित व्यवसाय’ भन्ने मुख्य नारा अगाडी सारेर चुनावमा होमिएको थियो । बराल नेतृत्वको प्यानललाई नेपाल कांग्रेससहित नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले साथ दिएका थिए ।

प्रकाशित मितिः शनिबार, चैत्र ४, २०७९     4:17:35 PM  |