ठुलो परिणाममा अवैध कुखुरा बरामद



नेपालगन्ज (बाँके) ।

भारतीय बजारबाट भन्सार छली नेपाल भिœयाउँदै गरेको अवस्थामा प्रहरीले ठूलो परिणाममा ब्रोइलर कुखुरा बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० सितलनगरबाट दुई सय १९ वटा ब्रोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।

उक्त कुखुरा करिब एक लाख ५० हजार रुपैयाँ बराबरका छन् । आवश्यक कारबाहीका लागि पशु क्वारिन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ४ गते शनिबार