
बाँके ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । प्रदेशसभा सांसद गिरीलाई सचेतकमा कांग्रेस संसदीय दलको कार्यालयले नियुक्त गरेको हो ।
गिरीलाई सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए । उनी गत मंसीरमा भएको चुनावमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
गिरी झिमरूक गाउँपालिका ७ प्युठानकी हुन् । लामो समय नेपाल विद्यार्थी संघमा रहेर काम गरेकी गिरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार








प्रतिक्रिया दिनुहोस्