ठूलो मात्रामा अवैध सामान बरामद



बाँके ।

भन्सार छली गरेर नेपाल भिœयाउँदै गरेको अवस्थामा प्रहरीले ठूलो मात्रामा सामान बरामद गरेको छ ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलीले गहुँबारीबाट ठूलो मात्रामा भन्सार छलीको सामान बरामद गरेको थियो ।

करिब तीन लाख मूल्य बराबरको भन्सार छली गरेर नेपालगन्ज भिœयाउँदै गरेको सामान बरामद गरिएको ईलाका प्रहरी कार्यालय हिरमिनियाका ईञ्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक तोजेन्द्र बिसीले बताए ।

‘भारतबाट अवैधरुपमा भित्रिएको तीन लाख बराबरको सामान बरामद गरिएको हो,’ उनले भने, ‘बालेगाउँको गहुँबारीबाट सोमबार उक्त सामानहरु बरामद गरेका हौं ।’ नेपालगन्ज लिनको लागि भारतबाट ल्याएर बालेगाउँको गहुँबारीको राखेको अवस्थामा जुत्ताहरु प्रहरीले बरामद गरेको थियो ।

तस्करहरु भने प्रहरी टोलीलाई देखेपछि सामान छोडेर भारततर्फ नै भागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले बरामद गरेको जुत्ता आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार