एकैदिन १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं ।

यो साता लगातार सुनको मूल्यमा भारी वृद्धि भएको छ। दुई दिनमा २३ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार १६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एक लाख पाँच हजार सातसय रूपैयाँ र तेजाबी सुनको मूल्य एक लाख पाँच हजार दुईसय कायम छ।

साताको पहिलो कारोबारमा आइतबार प्रतितोला १७ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार ६ सय रूपैयाँले वृद्धि भएको थियो।आइतबार प्रतितोला एक लाख ३ हजार पाँचसयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक लाख ४ हजार एकसय कायम थियो।

सोमबार तेजाबी सुनको मूल्य एक लाख ३ हजार ६ सय कायम थियो जसको मूल्य आइतबार एक लाख ३ हजार कायम थियो।

मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबारको तुलनामा चाँदीको मूल्य ४५ रूपैयाँले बढेको हो। आज चाँदी प्रतितोला एक हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार