21 March 2023  |   मङ्लबार, चैत्र ७, २०७९

धितालको ज्यान लिने टिप्पर र चालक नियन्त्रणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९  

बाँके ।

कोहलपुर–१ कौशिलानगरका २९ वर्षीय केशव धितालको ज्यान लिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति धिताल सवार मोटरसाइकललाई बाँसगढी –५ केदारेश्वेर धाम नजिकै ठक्कर दिएर भागेको टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको लु.अ.अ.ख ९७८६ नम्बरको टिप्परले पूर्वबाट पश्चिमतर्फ गइरहेको भे६प ९०१५ मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका धितालको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर भागेको टिप्परलाई बाँकेको खजुरामा रहेको रनियापुरबाट चालकसहित नियन्त्रणमा लिइएको बर्दिया प्रहरीले जनाएको छ । चालक बाँके बैजनाथ गाउँपालिका– ८ का ४१ वर्षीय प्रेम थारु समेत पक्राउ गरेका छन् । अहिले चालक र टिप्परलाई ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको छ ।

प्रहरीले सीसीटिभी फुटेजको आधारमा टिप्पर मोटरसाइकललाई ठक्कर दिएर भागेको पत्ता लगाएको थियो । मृतकका आफन्तहरु अहिले ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९     11:49:08 AM  |