21 March 2023  |   मङ्लबार, चैत्र ७, २०७९

कोहलपुरका धितालको टिप्परको ठक्करबाट ज्यान गएको खुल्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९  

बाँके ।

बाँसगढीमा आइतबार राति सवारी दुर्घटनामा ज्यान गुमाएका युवालाई टिप्परले ठक्कर दिएको खुलेको छ । लु.अ.अ.ख ९७८६ नम्बरको टिप्परले भे६प ९०१५ मोटरसाइकललाई ठक्कर दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

सीसीटिभी फुटेजको आधारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएको खुलेको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढी स्रोतले जनाएको छ ।

‘दुर्घटनास्थल हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर भागेको जस्तो देखिएपछि बाँकेको सम्झनामा रहेको सिसि क्यामेराको फुटेज हेरेका थियौं’ बाँसगढी प्रहरी स्रोतले भन्यो, ‘नभन्दै ठक्कर दिएर भागेको को नै देखियो । टिप्पर समेत हाम्रो नियन्त्रणमा आइसकेको छ ।’

राति ११ः५५ बजेको समयमा भे६प ९०१५ मोटरसाईकल दुर्घटना भएको अवस्थामा फेला परेको थियो । बाँसगढी –५ केदारेश्वेर धाम नजिकै भएको दुर्घटनामा परेर कोहलपुर–१ कौशिलानगरका २९ वर्षीय केशव धिताल गम्भीर घाइते भएका थिए ।

बर्दिया प्रहरीअनुसार धिताललाई तत्कालै उद्दार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९     11:37:27 AM  |