बाँके ।
कोहलपुरमा नुहाउन गएका दुईजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १३ र १० बीचमा पर्ने सिमरी बन्दास्थित डुडुवा खोलामा नुहाउन गएका उनीहरुको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।
कोहलपुर–१२ चौप्परगौडीका १५ वर्षीया मनसुन बराल र सोही ठाउँका अनिल भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जनाए ।
‘पाँचजना व्यक्ति खोलामा नुहाउने गएका रहेछन्,’ उनले भने, ‘तीनजना खोलामा पसेनन् । दुईजना मात्र खोलामा पौडी खेल्न हाम फालेका रहेछन् ।’
प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार
प्रतिक्रिया दिनुहोस्