नेपालगन्ज, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका साहित्य सम्पादक तथा बाँके निवासी महानन्द ढकालसहित दुईजना मनोनित भएका छन् । प्रतिष्ठानका ३५ जना प्रज्ञा सदस्यहरुमध्ये कोहलपुर निवासी ढकाल र खजुरा निवासी शशीराम कार्की मनोनित भएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को परिच्छेद ३ को ८ को उपदफा(३) अनुसार संंस्कृतिमन्त्री सुदन किराँतीको सिmारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले ढकाल र कार्कीलाई पनि मनोनित गरेका हुन् । शिक्षण पेसामा रहेका ढकाल साहित्य सिर्जनाका साथै साहित्यिक अभियानमा पनि सक्रिय रहँदै आएका छन् । कार्की पनि पूर्व प्रधानाध्यापक हुन् भने साहित्य सिर्जना तथा साहित्यिक अभियानमा सक्रिय छन् ।
प्रतिष्ठानको कूलपतिमा भुपाल राई, उपकूलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) नियुक्त भएका छन् । त्यस्तै प्रतिष्ठानको कार्यकारी अंगकारुपमा रहेको परिषद् सदस्यमा मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान नेपाली नियुक्त भएका छन् । सदस्य सचिवमा डा. धनप्रसाद सुवेदी नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्