गणेश रावत (कोहलपुर,बाँके)
कोहलपुर–कोहलपुर–१३ खड्कवारका ५५ वर्षीय गोपाल ओली पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । विगत दुई वर्षदेखि व्यवसायिक पशुपालनमा सक्रिय भएका ओलीले मनग्य आम्दानी गर्दै आएका हुन् । उनले सुरुमा भैसी पालन गरेका थिए । अहिले भने गाइपालन गरिरहेका छन् । उनले कृष्टि पशुपालन फर्मबाट व्यवसाय गर्दै आएका छन् । उनको फर्ममा ८ वटा दुहुना गाई छन् । होलिस्टेन क्रस र जर्सी क्रस गाईबाछाहरुले उनको फर्म भरिएको छ । पशुपालन व्यवसायबाट मनग्य आम्दानी हुने गरेको उनले बताए ।
व्यवसायी ओलीका अनुसार पशुपालन व्यवसाय जिविकोपार्जनको प्रमुख स्रोत हो । उनले दैनिक साँझ विहान गरेर ५० लिटर दुध उत्पादन गर्दै आएका छन् । ओलीले आफूले उत्पादन गरेको सबै दुध डेरीमार्फत बजारमा बिक्रि गर्ने गरेको बताए । दुध उत्पादनबाट मासिक ६५ हजार रुपैयाँ कमाइ हुने गरेको उनले बताए । ‘जिविकोपार्जनको लागि व्यवसाय गरिरहेको छु । संघर्ष गरे फल मीठो हुन्छ । कमाइ पनि राम्रो छ । खुसी छु ,’ उनले भने ।
हाल उनको घरमा श्रीमान श्रीमती मात्रै छन् । उनका दुई जना छोरा दाङमा व्यवसाय गर्छन् । त्यतिमात्रै होइन एक जनालाई रोजगारीसमेत दिएका छन्,ओलीले ।
बुढेशकालको साहरा उनको व्यवसाय बनेको छ । युवा अवस्थामा ओलीले घरको आवश्यकता पूर्ति गर्नका लागि कालापहाड जानुप¥यो । सामान्य किसान परिवारमा जन्मिएका उनले सानोमा पढ्न लेख्न पाएनन् । उनी भन्छन्,‘घरको आर्थिक अवस्था कमजोर थियो ।कमाउनका लागि कालापहाड जानुपर्ने अवस्था थियो ।
लामो समय घरपरिवार उतैको कमाइबाट गरे ।’ उनका आमा बुवा पनि पहिलेदेखि नै भैसी पालन गर्थे । दुध खानको लागि घरमैं सामान्य दुई वटा भौसी पालेका थिए । ओली भने रोजगारीको लागि कालापहाग गहिरहन्थे । एकपटक उनले गार्इ फर्ममा काम पाए । केहीँ महिना उक्त फर्ममा काम गरे । उनी अनुभव सुनाउँछन्,‘ सधै अरुको कामदार भएर कति काम गर्ने । अब त आफैले मालिक हुनुहुन्छ । व्यवसाय सम्बन्धि सिकेको सीप आफ्नै ठाउँमा लगाउँछु भनेर घर फर्किएको हुँ । अहिले खुसी नै छु ।’
व्यवसायको लागि उनले सुरुमा कृषि विकास बैंकमा जग्गा धितो राखेर १५ लाख रुपैंयाँ ऋण लिए । ४ वटा गाई र गोठ बनाउन १५ लाख खर्च भयो । उनी थप्छन्, ‘ दुई दुनो गाई भारतबाट र दुई वटा नेपालमै किने हुँ ।’ अहिले व्यवसाय राम्रो छ । प्रति लिटर ५४ रुपैयाँमा दुध बेच्दै आएको बताए । उनी १० कठ्ठा क्षेत्रफल जग्गामा बर्सिम घाँस उत्पादन गरिरहेका छन् । आठ ओटा गाई पाल्दै आएका छन् । अहिले नगरपालिकाले सुत्केरी भत्ता २ हजार दिदैँ आएको छ । त्यसबाट पनि केही राहत भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्