
यम रावत अध्यक्ष, प्याब्सन बाँके
१. अहिले प्याब्सन बाँकेले आफ्ना गतिविधि कसरी अगाडि बढाइराखेको छ ?
प्याब्सन नेपालमा रहेका निजी विद्यालयहरुको छाता संगठन हो । यसमा झन्डै देशभर १० हजार विद्यालय मध्ये आठ हजार विद्यालय आबद्ध रहेका छन् । निजी विद्यालयहरुको हकहित र सामाजिक कामहरु समेत प्याब्सन बाँकेले गर्दछ ।
प्याब्सन बाँके अहिले विशेष गरेर निजी विद्यालयहरुका विभिन्न गतिविधीहरुलाई संगठनिक रुपले अगाडि बढाउन व्यवस्त रहेको छ । खासगरी केही दिनलाई प्याब्सनको स्थापना दिवसका अवसरमा भइरहेका विभिन्न कार्यक्रममा लागि परेका छौं ।
२. बाँकेमा प्याब्सनको ३२औं स्थापना दिवस के कस्ता कार्यक्रम गरेर मनाइदैंछ ?
हामीले प्याब्सनको ३२औं स्थापना दिवस बाँकेमा भव्य रुपमा मनाउने निर्णय गरका छौं । त्यस अन्तरर्गत पुसको १४, १५ र १६ गते प्रत्येक विद्यालयका दुई÷दुई शिक्षिकालाई मन्टेश्वरी सम्बन्धि ३ दिने तालिम दिईसकेका छौं । पुसको २४ गते मानवीय सेवा अन्तरर्गत बृहत रक्तदान कार्यक्रम सँगसँगै विद्यार्थीका गतिविधी अन्तरर्गत विज्ञान प्रर्दशनी समेत राखिएको छ ।
यी लगायतका अन्य कार्यक्रमहरु समेत आयोजना गरिएका छन् । मुख्य कुरा विद्यालयका एकजना शिक्षकलाई समेत अन्तिम दिन सम्मान गरिनेछ । जे जति दुःख गर्नु भएको जसको आधारमा विद्यालयका एकजना शिक्षकलाई स्थापनाको दिवसको दिन सम्मान गर्ने कार्यक्रम
छ ।
३. दिवसको आधारमा शिक्षकहरुलाई समेत सम्मान गरिदैंछ । शिक्षकहरुलाई सम्मान गर्ने मापदण्डहरु कस्ता रहेका छन् नी ?
हामीले प्याब्सनको स्थापना दिवसको अवसर पारेर विगतदेखि नै निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मान गर्दै आएका छौं । शिक्षकले विद्यालयमा गरेको कामको आधारमा हामीले शिक्षकलाई सम्मान गर्ने गरेका छौं ।
यसवर्ष समेत सोही आधारमा दिवसको अवसरमा शिक्षकलाई सम्मान गर्ने योजना बनाएका छौं । तेरो मेरो भन्दा पनि राम्रो काम गर्ने शिक्षकहरु सम्मानित हुनुहुन्छ । मुख्य कुरा हामीले विद्यालयमा गरेको काम, शिक्षा क्षेत्रमा पु¥याएको योगदान लगायतलाई आधार बनाउने गरेका छौं । अहिले पनि सोहीअनुसार नै हुन्छ ।
४. प्याब्सन बाँकेमा आवद्ध रहेका विद्यालयका पक्षमा कसरी काम गरिरहनुभएको छ ?
प्याब्सन निजी विद्यालयको छाता संगठन हो । त्यसैले निजी विद्यालयहरुका समस्या समाधानका लागि हामीले काम गर्ने गरेका छौं । निजी विद्यालयमा नितान्त निजी लगानी छ । त्यस लगानीलाई कसरी सुरक्षा गर्न सकिन्छ भन्ने मुद्दाहरु उठाउँने गर्ने गरेका छौं । सँगसँगै अहिलेको युग सहाउँदो बालबालिका कसरी तयार गर्न सकिन्छ भन्नेमा कुरामा समेत जोड दिइरहेका छन् ।
हामीलाई विद्यालयको समेत राम्रो साथ र सहयोग रहेको छ । सबै विद्यालय र विभिन्न दाताको सहयोगले गर्दा तीन महिनामै प्याब्सन बाँकेले आफ्नो सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएको छ । करिब ६० लाख लागतमा भवन निर्माण गरेका हौं ।
५. प्याब्सन बाँके सामाजिक कामहरुमा कत्तिको अग्रसर छ नी ? अहिलेसम्म कस्ता सामाजिक कामहरु गर्नुभएको छ ?
हामी निजी विद्यालयका हकहितमा काम गर्नुका साथै सामाजिक कामहरुमा समेत अग्रसर भइरहेका छौं । प्याब्सनले आफ्नो स्थापना कालदेखि नै सामाजिक कामहरु गर्ने आएको छ । त्यो काम अहिले पनि प्याब्सन बाँकेले जारी राखेको छ ।
कोरोनाले शिक्षा क्षेत्र मारमा परेपनि निजी विद्यालयले लकडाउनको समयमा अलपत्र परेका मानिसहरुलाई ओसार्न आफ्ना बसहरु सहयोग गरे । प्याब्सन बाँकेले खाद्यान्न लगायतका स्वास्थ्य साम्रगीहरु समेत सहयोग गरेको थियो ।
समय समयमा हामीले मानवीयलाई ध्यान राखेर रक्तदान कार्यक्रम समेत गर्ने गर्दछौं । सोही अनुसार आइतबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छौं ।
६. सरकार तथा सरोकारवाला निकायसँग छलफल र सहकार्य कसरी गर्नुभएको छ ?
संघीयता लागू भएपछि कहीकतै विभिन्न विषयहरु बाँझिने गरेका छन् । बाँके जिल्लाको हकमा राज्यका तीनै तहमा रहेका सरकार र सरोकारवालाहरुले खुलेरै सहयोग गर्नुभएको छ । त्यस्ता केही विषयमा समस्या देखिए सबै सरोकारवालाहरु बसेर समाधान समेत गर्ने गरेका
छौं । बाँकेका स्थानीय सरकारसँग समेत प्याब्सन बाँकेले राम्रो सम्बन्ध बनाएको छ ।
सबैसँग सहकार्य र समन्वयमा हामीले जोड दिएका छौं । शिक्षा समितिमा समेत निजी विद्यालयहरुबाट सहभागिता हुने गरेको
छ । बाँकेमा त्यस्तो समस्या म देख्दैन, सबैसँग सहकार्य र समन्वय नै गरेर हामीले काम गरिरहेका छौं ।
७. अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
प्याब्सन डे का अवसरमा गरिएका सबै कार्यक्रमहरुमा सहभागिता जनाउन सबै विद्यालय, विद्यार्थी, शिक्षक तथा सरोकारवाला सबैलाई आग्रह गर्दछु । आइतबार हुन गइरहेको बृहत् रक्तदान कार्यक्रममा समेत सबैलाई उपस्थितीको लागि तपाईको पत्रिकामार्फत अनुरोध गर्दछु ।
मलाई प्याब्सन बाँकेले गरिरहेका कामको बारेमा जानकारी दिने मौका दिनुभएकोमा तपाई र मिसन टुडे दैनिकलाई समेत धन्यवाद ।
प्रस्तुतीः गणेश रावल









प्रतिक्रिया दिनुहोस्