बाँके ।
नेपालगन्जको न्यूरोडमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ । न्यूरोडमा रहेको भानुभक्त चोक नजिकैं शनिबार ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका– २ मा पर्ने न्यूरोडमा ना ७ ख १७ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको थियो । सेतु विक चोकबाट त्रिभुवन चोकतिर जाँदै गरेको ट्रकले साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा साइकलयात्री दैलेख नारायण नगरपालिका–५ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय तेजन थापा मगर रहेका छन् । स्थानीयले तत्कालै उद्दार गरेर उनीलाई उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
साइकलयात्रीलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०७९ पुस १६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्