नेपालगन्जमा व्यापारिक महोत्सव आयोजना गरिँदै



नेपालगन्ज ।

माघ महिनामा नेपालगन्जमा व्यापारिक महोत्सव आयोजना गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रालिको संयुक्त आयोजनामा ‘प्रदेशस्तरीय नेपालगन्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव’ आयोजना गरिने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

माघ १० गतेदेखि २४ गतेसम्म नेपालगन्जको सडक डिभिजन कार्यालयको परिसरमा रहेको फिल्डमा महोत्सव आयोजना गरिने महासंघ बाँकेका अध्यक्ष मधु खड्काले जानकारी दिइन् । समृद्ध नेपालको प्रमुख आधार व्यापार, कृषि, पर्यटन, संस्कृति तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सव व्यवसायीहरु संकटमा रहेको कुरालाई मध्यनजर गरी हुन लागेको आयोजकले जनाएको छ ।

तीन सय बढी व्यावसायिक स्टल रहने महोत्सवमा ५० बढी कलाकारको प्रस्तुतिसहित कुस्ती खेलको पनि आयोजना गरिने बताइएको छ ।
कुस्ती खेलमा खेलाडी दावा थापालगायत सहभागी हुने छन् ।

थारु होमस्टे, बाल उद्यान, टिकटक प्वाइन्ट पनि महोत्सवका आकर्षण हुने आयोजकले जनाएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका उद्यमीहरुका उत्पादन र स्थानीय वस्तुलाई प्राथमिकता दिइने महोत्सव एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १६ गते शनिबार