भोलिदेखि बजाजको नेपालगन्जका लागि आधिकारिक बिक्रेता पानस मोटर्समा सुरु हुने बजाज अपग्रेड अफर मंसिर २९ गतेसम्म चल्नेछ । कुनै पनि कम्पनीका पुराना मोटरसाइकललाई अपग्रेड गरेर ग्राहकहरु नयाँ मोटरसाइकल चढ्नलाई सहज होस् भनेर अपग्रेड अफर ल्याइएको पानस मोटर्सले जनाएको छ ।
बाँके ।
नेपालगन्जमा भोलि आइतबारदेखि बजाज मोटरसाइकलको अपग्रेड अफर सञ्चालन हुने भएको छ । बजाजको नेपालगन्जका लागि आधिकारिक बिक्रेता पानस मोटर्सले अपग्रेड अफर सञ्चालन गर्न लागेको हो । आइतबारदेखि सञ्चालन हुन गइरहेको बजाज अपग्रेड अफर पाँच दिनसम्म चल्ने पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र खनालले जानकारी दिए ।
‘नेपालगन्जमा आइतबारदेखि पाँच दिनसम्म पानस मोटर्समा बजाज अपग्रेड अफर सञ्चालन हुनेछ,’ उनले भने, ‘यसको तयारी हामीले तिव्ररुपमा अगाडि बढाएका छौं ।’ सञ्चालक खनालका अनुसार कुनै पनि कम्पनीका पुराना मोटरसाइकललाई अपग्रेड गरेर ग्राहकहरु नयाँ मोटरसाइकल चढ्नलाई सहज होस् भनेर अपग्रेड अफर ल्याइएको हो ।
‘कुनै पनि कम्पनीका पुराना मोटरसाइकल ल्याएर बजाजका कुनै नयाँ मोटरसाइकल चढेर जान सक्नुहुनेछ ।’ उनले भने, ‘पुराना मोटरसाइकलको बजार मूल्यांकनभन्दा थप सात हजार थप दिइनेछ ।’
नयाँ मोटरसाइकल खरिद गर्दा सुरुमै सात हजार रुपैयाँ छुट दिइने बजाजको नेपालगन्जका लागि आधिकारिक बिक्रेता पानस मोटर्सले जनाएको छ । ग्राहकहरुले मोटरसाइकलका विभिन्न सामग्रीहरु पनि निःशुल्क पाउँनेछन् । भोलिदेखि बजाजको नेपालगन्जका लागि आधिकारिक बिक्रेता पानस मोटर्समा सुरु हुने बजाज अपग्रेड अफर मंसीर २९ गतेसम्म चल्नेछ ।