7 September 2024  |   शनिबार, भदौ २२, २०८१

ढकेरीमा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रर्दशन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २३, २०७९  

राप्तीसोनारी २२ मंसिर
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा बिहीबार लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रर्दशन गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको सहयोग तथा राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको सडक नाटकमा राप्ती युवा क्लब फत्तेपुरका कलाकारहरुले महिला हिंसा बारे सडक नाटक प्रस्तुत गरेक थिए । सडक नाटक मार्फत कलाकारहरुले घरपरिवार र समाजमा महिला माथी हुने हिंसा र न्युनीकरणका उपाय बारे जानकारी गराएका थिए ।

 

राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दलामीले १६ दिने लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम अन्र्तगत राप्ती सोनारीको सडक नाटक प्रस्तुत गरिएको जनाकारी दिइन । सडक नाटकको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमकी प्रमुख अथिती तथा महिला नेतृ खुमा डाँगीले लैङ्गिक हिंसामा महिला मात्र नभएर पुरुष,तथा बालबालिकाहरु समेत पर्ने भएकोले समाजमा लैङ्गिक हिंसा विरुद्ध सचेतना प्रवाह गर्न आवश्यक रहेको बताइन ।

 


कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडाध्यक्ष सोहनलाल थारुले हिंसा भन्ना बित्तिर्क कुटपिट गर्नु मात्र नभइ मानसिक रुपमा गरिने हिंसा र र्दुव्यवहार समेत हिंसा हुने बताउदै आफु हिंसामा परेको महसुस भए सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष भागीरथी खड्काले लैङ्गिक हिंसा जरैबाट उन्मुलन गर्नुपर्ने बताइन ।

त्यस्तै संर्घषशिल समाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष दुर्गा पौडेलले लैङ्गिक हिंसा विरुद्ध घरपरिवारबाट सुरुवात गर्नुपर्ने बताउदै आफुले हिंसामा परेको महसुस भएमा प्रतिकारमा उत्रिनुपर्ने बताइन । राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य तथा राप्तीसोनारी गाउँपालिका वडा नं ९ की वडा सदस्य राधिका सुनारको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार विविध कार्यत्रको आयोजना गरेर राप्तीसोनारी वडा नं ८ मा सम्पन्न गरिने राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २३, २०७९     12:48:12 PM  |