धनगढी : नेपाल मुद्रण उद्योग महासंघको प्रथम सुदूरपश्चिम स्तरिय आम भेला सम्पन्न भएको छ । । प्रदेशभरका व्यवसायीहरुको अहभागितामा कैलालीको धनगढीमा भेला सम्पन्न भएको हो । उक्त भेलाले महेन्द्र शाहीको संयोजकत्वमा २१ सदस्सीय तदर्थ समिति चयन गरेको छ ।
समितिको वरिष्ठमा उपाध्यक्ष देवेन्द्रविक्रम शर्मा , उपाध्यक्षमा धर्मसिंह साउँद र महासचिवमा डिल्लीराज ऐरी चयन भएका छन् । यस्तै तदर्थ समितिको सचिवमा मदनराज भट्ट, सह सचिवमा भोजराज जाशी र कोषाध्यक्षमा लक्ष्मण खडायतलाई चयन गरिएको हो । समितिको सदस्यहरु रामबहादुर साउँद, खडक पातली, रुपलाल चौधरी, अरुण पन्त, सरस्वती धामी, बासुदेव गौतम, रमण भट्ट, हेमराज भट्ट, महेश भट्ट, झरेन्द्र ओली र राजेन्द्र प्रसाद वड रहेका छन् ।
महासंघका केन्दीय उपाध्यक्ष नरसिंह धामीको अध्यक्षता र प्रमुख अतिथि नेपाल मुद्रण महासंघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त भेलामा वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी, सहसचिव मिना ढकाल, केन्द्रीय सदस्य विनोद पौडेल, पूर्व उपाध्यक्ष महेश दाहाल, पूर्व साँसद महेश्वर पाठक, मुद्रण ब्यवसायी मधुसुधन उपाध्याय, दांगका अध्यक्ष दीपक आचार्य पत्रकार हेमन्त पौडेलले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।