16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

बाँके र बर्दियालाई कर्णालीमा गाभ्छौंः ज्ञानेन्द्र शाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १७, २०७९  

कोहलपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीविरुद्ध संसद्मा लड्ने बताएका छन् । जुम्लाबाट नवनिर्वाचित सांसद शाहीले जनताले प्रतिपक्षमा बसेर देश र जनताको आवाज बोल्नै स्थान दिएको भन्दै राप्रपा सरकारमा नजाने संकेत गरे ।

शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधिसभा शाहीले भने, ‘अबको हाम्रो उद्देश्य हाम्रो मुद्दामा केन्द्रित हुने हो । हामी अब जनताका सारथि बन्छौँ । त्यसका लागि सडकदेखि सदनबाछ खबरदारी गर्छौँ । त्यसैले राप्रपा सरकारमा जानु हुँदैन । भ्रष्टाचारविरुद्ध संसद्मा जनताका पक्षमा आवाज बुलन्छ पार्छौँ ।’

उनले राज्य संरचना गर्दा बाँके र बर्दियालाई अलग बनाइएको भन्दै कर्णालीसँग गाभ्न पहल थाल्नुपर्ने धारणा राखे । यो मुद्दा बाँके २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाले नेपालगन्जको मेयर हुँदा उठाएका थिए ।

हाल राप्रपाका महामन्त्रीसमेत रहेका उनी मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सांसद निर्वाचित भएका छन् ।

प्रकाशित मितिः शनिबार, मंसिर १७, २०७९     9:48:36 AM  |