मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर १६, २०७९
नेपालगन्ज ।
राष्ट्रिय अपांग महासंघ नेपालको अध्यक्षमा बाँकेका देवीदत्त आचार्य निर्वाचित भएका छन् । यसअघि महासंघका लुम्बिनी प्रदेश अध्यक्ष रहेका आचार्य समाजिक संघसंस्थामा सक्रिय व्यक्ति हुन् ।
कोहलपुर घर भएका उनी अध्यक्षका दाबेदारहरु गणेशबहादुर खत्री, रमा ढकाल र केपी अधिकारीलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा रामबहादुर कार्की, महिला उपाध्यक्षमा अनिता गैरे, महासचिवमा शुभम भटराई, सचिवमा सृजना केसी र कोषाध्यक्षमा कुमार रेग्मी निर्वाचित भएका छन् ।
मंसीर १३ र १४ गते सम्पन्न नवौं महाधिवेशनमा मतदानबाट नेतृत्वको टुंगो लगाइएको हो ।