18 September 2024  |   बुधबार, अशोज २, २०८१

गठबन्धनबाट बाँकेमा विजयी सांसदलाई कांग्रेसको सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १४, २०७९  

नेपालगन्ज ।

नेपाली कांग्रेस बाँकेले वाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित सांसदलाई सम्मान गरेको छ ।

कांग्रेस बाँकेको नेपालगन्जस्थित कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यमा बाँके क्षेत्र नं। ३ बाट निर्वाचित किशोर सिंह राठौर, बाँके क्षेत्र नं। ३ ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित बादशाह कुर्मी र बाँके क्षेत्र नं। १९१० बाट प्रदेशसभा सदस्यमा नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित कृष्णा केसी ‘नमूना’लाई बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

कांग्रेस सह–महामन्त्री तथा बाँके क्षेत्र नं। ३ का सांसद किशोरसिंह राठौरले कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले पद लिएर पदलाई न्याय गर्न सक्नुपर्ने बताए । उनले भने, ‘पार्टीभन्दा ठूलो नबन्नुस् । पद लिएर पदलाई न्याय गर्नुस् । अवसर नपाउँदा पार्टीलाई गाली गर्ने तर अवसर पाएपछि ठालू बन्ने संस्कारको अन्त्य हुनुपर्दछ, । दलाली गर्न कांग्रेसमा लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस् ।’ उनले पार्टीमा अनुशासन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित सांसदद्वय बादशाह कुर्मी र कृष्णा केसी नमूनाले जिल्लाको विकासमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नवनिर्वाचित सांसदहरु राठौर, कुर्मी र नमूनालाई माला र दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो ।

बाँकेका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा सदस्यमध्ये बाँके क्षेत्र नं। ३ मा प्रतिनिधिसभा र बाँके क्षेत्र नं। ३ ९२० र बाँके क्षेत्र नं। १ ९१० बाहेक सबै क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन पराजित भएको छ । ९ जना सांसद संख्यामध्ये प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभामा कांग्रेसका मात्र ६ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मितिः बुधबार, मंसिर १४, २०७९     11:22:50 AM  |