मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर ७, २०७९
नेपालगन्ज, ७ मंसिर
बाँके क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र (क) बाट नेकपा एमालेका सचिव रत्न खत्री विजयी भएका छन् । उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेका हुन् । उनले निकटतम प्रतिस्पर्धी पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई एक हजार ६ सय ९४ मत अन्तरले पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएर माओवादीमा प्रवेश गरेका सुनारले ११ हजार चार सय ६४ मत पाएका छन् ।
अर्का प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारुले नौ हजार पाँच सय ४७ र नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाएका छन् । खरेल लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य हुन् । २०३४ साल चैत्रमा जन्मिएका रत्न एमालेका युवा नेताकारुपमा परिचित छन् ।