जसपाबाट ईश्तियाकसँगै समसुल पनि दाबेदार



नेपालगन्ज ।

बाँके क्षेत्र नम्बर २ मा जसपाबाट निवर्तमान प्रतिनिधिसभा सदस्य, वर्तमान संघीयमन्त्री मोहम्मद ईश्तियाक राई एकल उम्मेदवार नरहेको खुलासा भएको छ । जसपाकोे प्रदेश कमिटीले बाँके क्षेत्र नम्बर २ बाट समसुल हक रार्ईलाई पनि उम्मेदवारको आकांक्षीका रुपमा दिएको निवेदन केन्द्रमा पठाएको पाइएको छ ।

पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अशोक यादवले पार्टीको तल्लो कमिटीबाट मोहम्मद ईश्तियाक राईको मात्रै एकल नाम सिफारिस भएको र आफूहरुको आधिकारिक सिफारिस पनि राई मात्रै भएको बताए । तर समसुलले प्रदेश कमिटीमा आफू पनि आकांक्षी रहेको भन्दै निवेदन दिएको र उक्त निवेदन आफूहरुले केन्द्रमा पठाइदिएको बताए ।

यादवले जे तर्क गरे पनि बाँके क्षेत्र नम्बर २ मा राईको विपक्षमा पनि पार्टीभित्र खेमा छ भन्ने देखाएको छ । समसुल विगत २०६३ सालदेखि जसपामा आबद्ध छन् । समसुल आफू पार्टीको स्थापनाकालदेखि नै पार्टीको संगठन विस्तारमा काम गर्दै आएको बताउँछन् ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधबार