नेपालगन्जमा आज कलाकारहरुको प्रस्तुतिबीच एनएस १२५ लन्च हुँदै



नेपालगन्ज ।

बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ सिसीको नयाँ मोडलको स्र्पोटस् मोटरसाइकलको आज नेपालगन्जमा लञ्च हुँदै छ । बजाज मोटरसाइकलको नेपालगन्जका लागि आधिकारिक विक्रेता पानस मोटर्सले शनिबार पत्रकार सम्मेलन गर्दै एम भव्य सांगीतिक कार्यक्रमका माझमार्फत एनएस १२५ लञ्च गर्ने जानकारी दिएको हो ।

आइतबार साझँ ५ बजे बागेश्वरी मन्दिर पूर्वको खाली स्थानमा प्रसिद्ध गायक प्रमोद खरेल, हास्यकलाकार सुमन कार्की, गायिका टीका प्रसाईलगायतका कलाकारहरुको प्रस्तुतिका साथ मोटरसाइकल सार्वजनिक गरिने भएको छ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको र कलाकारहरुको प्रस्तुति हेर्न सबै नेपालगन्जवासीलाई आह्वान गरिएको पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र खनालले बताए ।

देशभरका शोरुममा बजाजको नयाँ मोडेलको उक्त मोटरसाइकल बिक्रीवितरण सुरु भइसहेको र अब नेपालगन्जमा पनि सुरुवात हुने पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र खनालको भनाइ छ । मोटरसाइकलको बजार मूल्य दुई लाख ७९ हजार नौ सय रहेको छ र चार कलरमा बाइक बजार आएको उनले जानकारी दिए । पछिल्लो समय ग्रहाकको क्रयशक्ति घटेको कुरालाई ध्यनजर गर्दै सुलभ मूल्यमा आकर्षक लुक भएको मोटरसाइकलले कम्पनीले बजारमा पठाएको खनालले बताए ।

६० प्लसको माइलेज दिनुका साथै प्रयोगकर्तालाई नयाँ जोस र नयाँ अनुभूति प्रदान गर्ने बारे खनालले भने, ‘अहिले देशको आर्थिक स्थिति नाजुक हुँदै गइरहेको छ र अर्कोतिर इधनको मूल्य पनि उकालो लाग्दै गइरहेको हुनले बजारलाई मध्यनजर गर्दै १२५ सिसीको उक्त मोटरसाइकल हामीले बजारमा ल्याएका छौँ ।’

पानस मोटर्संले दसैंलाई लक्षित गरेर जुनसुकै मोटरसाइकल खरिदमा सात हजार छुट, ५० प्रतिशत डाउन पेमेन्टमा सस्तो ब्याजदरमा फाइनान्सिङको सुविधा दिने अफर पनि ल्याएको छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार