बाँके ।
नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मणिराम खरालले सम्हालेका छन् । उनले मंगलबारदेखि नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । खराललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो ।
यसअघि गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गर्दै आएका भरत बस्नेतले पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हालेका छन् । खरालले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताए ।
‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र गाउँसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्यांकन गर्छु,’ प्रमुख प्रशासकीय अधिकृत खरालले भने, ‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका सिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । नरैनापुर सुख्खा क्षेत्र घोषणासँगै गाउँपालिकासँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान् बनाउनमा मेरो ध्यान हुनेछ ।’
कोरोनाको पहिलो लहरमा नरैनापुर गाउँपालिकामा सात महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।









प्रतिक्रिया दिनुहोस्