बाँके ।
बर्दिया प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी र बैंकिङ कसुर मुद्दामा अदालतबाट कैद फैसला भए पनि फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–२ का अर्जुन थारु र बढैयाताल गाउँपालिका–४ का अमेरिका थारु रहेका छन् ।
अर्जुनलाई बर्दिया जिल्ला अदालत गुलरियाले गत मंसिर १ गते नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना कैद र ३० हजार जरिवाना तथा जबरजस्ती चोरी मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ सय रुपैयाँ जरिवाना तोकेको थियो ।
उनलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस्तै अमेरिका थारुलाई उच्च अदालत पाटनले बैकिङ कसुर मुद्दामा ७ दिन कैद र आठ लाख रुपैयाँ सजायको फैसला गरेको थियो ।
उनीलाई २०७८ वैशाख ७ गते उच्च अदालतले कैद र जरिवानाको फैसला गरेको हो । सो समयदेखि नै फरार रहेका अमेरिकालाई इलाका प्रहरी कार्यालय मैनापोखरले घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको बर्दिया प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्