चितुवाको आक्रमणबाट बर्दियामा एक गम्भीर घाइते



बाँके ।

बर्दियामा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार घाइते हुनेमा स्थानीय ५६ वर्षीय हरिहर सापकोटा रहेका छन् । गम्भीर घाइते सापकोटाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको थियो ।

मेडिकल कलेजमा उपचाररत उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार