नेपालगन्जमा छाडा पशु चौपायामा मोटरसाइकल ठोक्किदा एकको मृत्यु



बाँके ।

नेपालगन्जमा छाडा चौपायामा मोटरसाइकल ठोक्किदा गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।

कारकाँदो चोक नजिकै गत भदौ १३ गते छाडा चौपायामा मोटरसाइकल ठोक्किदा गम्भीर घाइते भएका युवाको भारतमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यान घर भई नेपालगन्जमा अध्ययनरत युवराज ओली रहेका छन् ।

सडकमा छाडा छोडिएका पशुमा उनले चलाएको मोटरसाइकल ठोक्किदा उनी गम्भीर घाइते भएका थिए । नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ओलीलाई भारतको लखनउ लगिएको थियो ।

उनको लखनउमा नै उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २१ गते मंगलबार