खजुरा क्यान्सर अस्पतालको अध्यक्षमा मल्ल



नेपालगन्ज ।

सरकारले सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ललाई मनोनित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मल्ललाई अध्यक्षमा मनोनित गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको भदौ १९ गते आइतबारको निर्णय अनुसार अस्पताल विकास समितिको गठन आदेश २०७३ को दफा ३ को उपदफा २ (क) बमोजिम अस्पताल विकास समितिको अध्यक्षमा ३ वर्ष पदावधि रहने गरि मनोनित गरेको हो ।

यसअघि अस्पताल विकास समितिको अध्यक्षमा खजुराका समाजसेवी एव्म शिक्षासेवी भक्तबहादुर केसी रहेका थिए । उनले केही समय अघि राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा आइतबार मन्त्रालयले मल्ललाई मनोनित गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार