बाँके–१ (ख)मा एमालेबाट पत्रकार बेल्वासेसहित सातजना सिफारिस



बाँके ।

बाँकेका अग्रज पत्रकार विष्णुप्रसाद बेल्वासेलाई नेकपा एमालेले लुम्बिनी प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस गरेको छ । बाँके क्षेत्र नम्बर– १ (ख) को लागि पत्रकार बेल्वासेसहित सात जनाको नाम एमालेले माथिल्लो कमिटिमा सिफारिस गरेको हो ।

उनीसँगै सूर्य रोकाय, नरेन्द्र शर्मा, कुश्माखर बस्याल, दुर्गाबहादुर चौधरी, सुनिता पौडेल र बिजुला अधिकारीलाई समेत सिफारिस गरिएको छ ।

बेल्वासे लामो समयदेखि बाँकेको कोहलपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारिताको साथै राजनीतिक सामाजिक कामहरुमा क्रियाशिल रहेका
छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १८ गते शनिबार