चाइना बजार जग्गा प्रकरणः हडपिएको जग्गा उपमहानगर मातहत



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाको त्रिवेणीमोडस्थित चाइना बजारको जमिन सार्वजनिक भएको निष्कर्षमा उपमहानगरपालिका पुगेको छ । उक्त स्थानमा रहेको जमिनमा आफ्नो बहाल बिटौरीको जमिन रहेको भन्दै दाबी गर्दै आएका एक व्यक्तिलाई फिल्डमा नाँपचाँच नगराइकनै नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिकाले हकभोग गर्न दिने निर्णय गरिएको विषयमा मिसन टुडे दैनिकले साउन २९ र ३० गते दुई चरणमा समाचार प्रकाशन गरेपछि उपमहानगरपालिकाको नापी शाखाले चासो दिएर अध्ययन थालेको थियो । अध्ययनपछि उक्त जग्गा सार्वजनिक भएको निष्कर्षमा पुगेको उपमहानगरपालिका मेयर प्रशान्त विष्टले जानकारी दिए ।

उनले उक्त जग्गाको राजस्व पुनः उपमहानगरपालिकामा तिर्न त्यहाँ रहेका पसलेहरुलाई निर्देशन दिइएको पनि बताए । ‘भोलि यो विषय अदालतमा पुगेर अदालतले अर्कै निर्णय ग¥यो भने अर्कै कुरा हो । तर, अहिलेलाई हाम्रो अध्ययनले उक्त जमिन कुनै पनि व्यक्तिको नभएको निष्कर्ष निकालेको छ । हामी त्यहाँ रहेका पसलहरुबाट फेरि भाडा उठाउँछौँ । अदालतमा जानुपरे हामी उक्त जग्गा उपमहानगरपालिकाकै हो भन्ने पक्षमा प्रमाणहरु पेस गर्छाैँ,’ विष्टले मिसन टुडेसँग भने उक्त जग्गा सार्वजनिक नै हो भन्ने निष्कर्षका पछाडि उपमहानगरपालिकाले मिसन टुडेले प्रकाशित गरेका तथ्यहरुलाई नै आधार मानेको छ ।

उपमहानगरपालिकाको नापी शाखाका नापी अधिकृत मनराज थापाका अनुसार अहिले उक्त ठाउँको जमिन आफ्नो भएको दाबी गर्नेहरुको उक्त जमिनमा भोगचलन नरहेको, पुराना सर्जमिन मुलुल्काहरु अस्पष्ट रहेको, मेयर डा. धवलशमशेर राणाको कार्यकालिको अन्तिम वर्षमा कार्यपालिकाले स्थानीय घनश्याम बनियाँलाई १.२५ धुर जमिनको भोगाधिकार दिने भनेर गरेको निर्णयमा कित्ता नम्बर २५ कै जमिन हो भन्ने स्पष्ट उल्लेख नभएको कारणले उक्त जमिन सार्वजनिक भएको निष्कर्षमा पुगिएको हो ।

हाल उक्त जमिनमा आफ्नो जग्गा भएको दाबी गर्नेहरु नभइ ३४ जना व्यक्तिहरुले पसल राखेर व्यवसाय गरिरहेको, ती पसलेहरुबाट २०६८ सालदेखि २०७८ सालसम्म निरन्तर उपमहानगरपालिकाले भाडा बुझेको जस्ता कारणहरुले उक्त जमिन कुनै व्यक्तिको नभएको देखिएको नापी अधिकृत थापाले बताए ।

उनका अनुसार अहिलेसम्म चाइना बजार रहेको कित्ता नम्बर २५ गाउँब्लककै जग्गाका रुपमा नापीमा रजिस्टर रहेको तर, कुनै व्यक्तिको दाबी नपुगेको पाइएकोले अब उक्त जमिन उपमहानगरपालिकाले सार्वजनिक जमिनसरह प्रयोग गर्ने उपमहानगरपालिकका मेयर विष्ट बताउँछन् । अहिले उपमहानगरपालिकाले निकालेको निष्कर्ष मिसन टुडेको साउन २९ गते प्रकाशित रिपोर्टमा छ ।

सार्वजनिक जमिन मानिँदै आएको त्रिवेणीमोडस्थित चाइना बजार रहेको जमिनको एक हिस्सा आफ्नो बहाल बिटौरीको जमिन भएको दाबी गर्दै आएका स्थानीय घनश्याम बनियाँलाई हकभोग दिने निर्णय उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशमशेर राणाको विशेष जोडबलमा कार्यपालिकाले गरेको थियो । जबकी राणाकै कार्यकालको चार वर्षसहित १० वर्षसम्म लगातार त्यही जमिन रहेका पसलेहरुबाट उपमहानगरपालिकाले मासिक ७० हजारभन्दा बढी भाडा उठाएको छ ।

नापी शाखाका कर्मचारीले मौखिकरुपमा त्यसरी कसैलाई हचुवाका भरमा हकभोग गर्न दिने निर्णय गर्न नहुने सुझाव दिँदादिँदै कार्यकालिकाबाट उक्त निर्णय गराइएको थियो । डा. राणाको कार्यकालको अन्तिम वर्षमा आएर २०७८ साल मंसिर १३ गते हचुवाका भरमा फिल्डमा नापजाँच नगराइकनै ती व्यक्तिलाई जमिन हकभोग गर्न दिने निर्णय गर्दा अहिले ती व्यक्ति स्थानीय घनश्याम बनियाँले आफ्नो जमिन करिब पौने २ कठ्टा क्षेत्रफल रहेको चाइना बजार रहेको क्षेत्रमै पर्ने भन्दै त्यहाँ रहेका पसलेहरुलाई भाडा आफूलाई दिनुपर्ने दबाब दिँदै आएका थिए ।

यता उपमहानगरपालिकाका कर्मचारीहरुले मेयरको ठाडो आदेशमा चाइना बजारका व्यापारीहरुलाई अबदेखि भाडा व्यक्तिलाई नै बुझाउनु भनेर पठाएका थिए । २०७८ पुसदेखि यताको करिब पाँच लाख ६० हजार भाडा उपमहानगरपालिकाले बुझेको छैन । अहिले मेयर विष्टले उपमहानगरपालिकाले उक्त जमिनमा रहेका पसलेहरुलाई पुनः उपमहानगरपालिकामा भाडा बुझाउन आउन भेटेरै निर्देशन दिएका छन् ।
सार्वजनिक जमिन व्यक्तिको नाममा जानबाट जोगिएकोमा चाइना बजारका व्यापारीहरु खुसी छन् ।

आफूहरुको आशंका पुष्टि गर्न सहयोग पु¥याएकोमा चाइना बजारका व्यापारीहरुका अगुवा प्रेम ओलीले धन्यवाद ज्ञापन गरे । तर, उपमहानगरले अहिले फेरि भाडा उठाउन लागेकोमा एकैपटक सबै भाडा तिर्न नसक्ने भएको उपमहानगरपालिकाले सहजीकरण गरिदिनुपर्ने उनले माग गरे । ‘हामी त भाडा बुझाउन गएकै थियौँ । यो जमिन उपमहानगरपालिकाको हो भनेकै थियौँ ।

तर, निवर्तमान मेयरज्यूले सुन्नुभएन । उल्टै भाडा बुझाउन नआउनु भन्नुभयो । पछि आएर व्यक्तिले सबै पसलको भाडा माग्न थालेपछि यो सार्वजनिक जमिन व्यक्तिको नाममा लगिँदैछ भन्ने हाम्रो आशंकालाई पुष्टि गर्न मिसन टुडेले सहयोग ग¥यो । यसका लागि धन्यवाद दिन चाहन्छौँ । तर, उपमहानगरपालिकाले अब भाडाका विषयमा हामीहरुलाई सहजीकरण गरिदिनुपर्छ,’ ओलीले भने ।

अब भाडा नगरले उठाउँछ
प्रशान्त विष्ट
मेयर, नेपालगन्ज उपमहानगपालिका

हामीले यस विषयलाई प्राथमिकतामा राखेर अध्ययन ग¥यौँ । यसमा तपाईँहरुको पनि सहयोग भयो । यसका लागि धन्यवाद । भोलि यो विषय अदालतमा पुगेर अदालतले अर्कै निर्णय ग¥यो भने अर्कै कुरा हो । तर, अहिलेलाई हाम्रो अध्ययनले चाइना बजारको जमिन कुनै पनि व्यक्तिको नभएको निष्कर्ष निकालेको छ । हामी त्यहाँ रहेका पसलहरुबाट फेरि भाडा उठाउँछौँ । अदालतमा जानुपरे हामी उक्त जग्गा उपमहानगरपालिकाकै हो भन्ने पक्षमा प्रमाणहरु पेस गर्छाैँ ।

भाडामा सहजीकरण गर्नुपर्छ
प्रेम ओली
स्थानीय व्यापारी, चाइना बजार

हामी त भाडा बुझाउन गएकै थियौँ । यो जमिन उपमहानगरपालिकाको हो भनेकै थियौँ । तर, निवर्तमान मेयरज्यूले सुन्नुभएन । उल्टै भाडा बुझाउन नआउनु भन्नुभयो ।

पछि आएर व्यक्तिले सबै पसलको भाडा माग्न थालेपछि यो सार्वजनिक जमिन व्यक्तिको नाममा लगिँदैछ भन्ने हाम्रो आशंकालाई पुष्टि गर्न मिसन टुडेले सहयोग ग¥यो । यसका लागि धन्यवाद दिन चाहन्छौँ । तर, उपमहानगरपालिकाले अब भाडाका विषयमा हामीहरुलाई सहजीकरण गरिदिनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार