बाँके ।
हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेको अध्यक्षमा संगम शाह निर्विरोध निर्वाचित भएका छन् । बाँकेको गाभर भ्यालीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा छैठौं अधिवेशनबाट शाहको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा प्रेम भण्डारी, सचिवमा महेश न्यौपाने, सह–सचिवमा गीरीधर वलि तथा कोषाध्यक्षमा दामोदर भण्डारी चयन भएका छन् । सदस्यहरूमा शोभाखर शर्मा, गौरव रावत, सतिश आचार्य, ध्रुव शर्मा र जयश्वर उपाध्याय निर्विरोध निर्वाचित भएका थिए ।
कार्यसमिति बैठकले एक सदस्य र सल्लाहकार पछि मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष शाहले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ भदौ १२ गते आइतबार
प्रतिक्रिया दिनुहोस्