बाँके ।
तेस्रो प्याब्सन अन्तर विद्यालयस्तरीय तीज नृत्य प्रतियोगितामा ब्रिज इन्टरनेशनल स्कुल प्रथम भएको छ । कोहलपुर प्याब्सनको आयोजनामा शुक्रबार कोहलपुरमा भएको प्रतियोगितामा अन्य विद्यालयलाई हराउँदै ब्रिज इन्टरनेशनल स्कुल प्रथम भएको हो ।
तेस्रो प्याब्सन अन्तर विद्यालयस्तरीय तीज नृत्य प्रतियोगितामा आफ्नो विद्यालयले प्रथम स्थान हासिल गरेको ब्रिज इन्टरनेशनल स्कुलका अध्यक्ष शिवकुमार पौडेलले जानकारी दिए ।
प्रतियोगितामा बाल विद्या माध्यमिक विद्यालय दोस्रो र मिसन पब्लिक स्कुल तेस्रो भएका कोहलपुर प्याब्सनले जनाएको छ । प्रतियोगितामा कोहलपुर क्षेत्रका १८ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति : २०७९ भदौ ११ गते शनिबार









प्रतिक्रिया दिनुहोस्