27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

अर्थ इतिहास: नेपालको पहिलो वायुसेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ७, २०७९  

काठमाडौं ।

नेपालको पहिलो वायुसेवा कम्पनी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) हो । ०१५ सालमा शाही नेपाल वायुसेवा निगम (आरएनएसी)का रूपमा स्थापित भएको निगम देशकै पुरानो विमान सेवाप्रदायक हो ।

गणतन्त्र आएपछि शाही हटाएर नेपाल वायुसेवा निगम नामकरण गरियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको एनएसीले डगलस डिसी–३ डकोटा विमानबाट आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो ।

डकोटा विमानबाट सिमरा र पोखरामा तथा भारतको पटना, कोलकाता, दिल्लीमा उडान सुरु गरेको निगमले ०२८ सालमा आफ्नो पहिलो जेट विमान बोइङ–७२७ सञ्चालनमा ल्याएको थियो । यस्तै, निगमका दुईवटा बोइङ–७५७ झन्डै तीन दशक उडान गरेर ग्राउन्डेड छन् ।

अहिले निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर मात्र छन् । चीनबाट ल्याएका ६ विमान ग्राउन्डेड छन् । अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी एयरबस–३३० र न्यारोबडी–३२० जहाज रहेका छन् ।

www.nayapatrikadaily.com

प्रकाशित मितिः मङ्लबार, भदौ ७, २०७९     11:16:24 AM  |