बर्दिया ।
पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया नजिकबाट बुधबार दिउँसो दुई नाल कटुवा पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
साईकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् । दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन् ।
पछिल्लो समय चोरी डकैतीका घटना बढ्न थालेका छन् । प्रहरीले दुवै भारतीय नागरिकलाई दुई नाल पेस्तोलसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जना अन्य चोरीका घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति : २०७९ साउन १२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्