बाँकेका डा. राजकुमार सुवेदीलाई प्रादेशिक प्रतिभा पुरस्कार



बाँके ।

बाँकेका डा. राजकुमार सुवेदी लुम्बिनी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार २०७८ बाट सम्मानित भएका छन् ।

उनीलाई शनिबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेर बहादुर देउवाले संस्कृति विधातर्फ लुम्बिनी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार २०७८ बाट सम्मानित गरेका थिए ।

सम्मानित भएका डा. सुवेदी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक समेत हुन् ।

उनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति विधातर्फ लुम्बिनी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार २०७८ को लागि सिफारिसमा गरेको थियो । विशेषत बागेश्वरी मन्दिरको विषयमा सोध गरेका डा. सुवेदीले नेपालको इतिहास, नेपाली मुद्राबारे पुस्तक लेखेका छन् ।

उनले बाँकेका चिडिमार संस्कृति, हडियाबाबाको इतिहास लगायत विभिन्न जातजाति र धर्मका सांस्कृतिक पक्षबारे अध्ययन गरेका छन् । डा. सुवेदी कोहलपुरमा रहेको शिखा एकेडेमी कोहलपुरका प्रमुख कार्यकारी समेत हुन् ।

‘सरकारको सम्मानले संस्कृतिका क्षेत्रमा थप अध्ययनको ऊर्जा प्राप्त भएको छ’, डा. सुवेदीले प्रादेशिक प्रतिभा पुरस्कार ग्रहण गरेपछि भने, ‘नेपाली कला, धर्म र संस्कृतिका बारेमा थप अध्ययन, अनुसन्धानका लागि आगामी दिन केन्द्रित हुनेछु ।’

उनी कोहलपुरमा रहेको ‘दाङ भ्याली डेभ्लपर्स प्रा.लि. कोहलपुर’का संस्थापक उपाध्यक्ष समेत हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३२ गते शनिबार