रिलायन्स इन्सोरेन्स द्धारा मृत्यु दाबी भुक्तानी



कोहलपुर २५ असार/
रिलायन्स इन्सोरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । रिलायन्स इन्सोरेन्स कम्पनी कोहलपुर शाखाद्धारा विमा गराएका नेपालगज १३ का स्व.सुरेश कुमार कुर्मीको मृत्यु भएपछि उनका परिवारलाई कम्पनीले शनिबार १० लाखको चेके मृत्यु दावी भु्क्क्तानी गरिएको छ ।

त्यस्तै कुर्मीले आफ्नी छोरी नन्दनी वर्माको मेरो मुटु बाल जीवन विमा लिएको २० दिनमा कुर्मीको मृत्यु भएको हुँदा उनीकी छोरीलाई विमा अवधिभर प्रत्येक महिना १० हजारका दरले पढाई खर्च उपलब्ध गराउने सम्झौता गरिएको छ ।

कम्पनीका क्षेत्रिय प्रबन्धक दिपक कुमार वलीले कुर्मीको परिवारलाई चेक तथा सम्झौता पत्र हस्तान्तरण गरेका कम्पनीका सिनियर एजेन्सी म्यानेजर रामराज चौधरीले जानकारी दिए । कार्यक्रममको रिलायन्स इन्सोरेन्स कम्पनी कोहलपुर शाखाका प्रमुख पंकज गुप्ता संचालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २५ गते शनिबार